स्याङ्जा २ असोज २०७९
त्रिकोण डेनमार्क एवं आस्क नेपालको साझेदारीमा स्याङ्जा र काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भेरहेको एकिकृत ग्रामीण सहयोग कार्यक्रम अन्तरगत डेनमार्कबाट प्राप्त अत्यावस्यक स्वास्थ्य सामाग्री एक कार्यक्रम बिच जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गरियो ।
सामाग्री हस्तान्तरणको क्रममा बोल्दै प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धता शर्माले जिल्ला अस्पताल स्याङ्जाको अवस्था र आवस्यकतालाई पहिचान गरेर उपयोगी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा त्रिकोण डेनमार्क र आस्क नेपाल परिवारलाई आभार व्यक्त गर्दै अस्पतालले यसको सही सदुपयोग गर्ने र आगामी दिनमा पनि हाम्रो आवस्यकताको आधारमा निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । यसैगरी बिशेष अतिथी जिल्ला अस्पताल स्याङ्जाका प्रमुख मेडिकल सुपरिटेन्डेन डा. रमेश आचार्यले प्राप्त स्वास्थ्य तथा स्वास्थ्यजन्य सामाग्रीको उचित प्रयोग गरिने प्रतिबद्दता व्यक्त गर्दै आगामी दिनमा समेत जिल्ला अस्पताल स्याङ्जाको सेवालाई प्रभावकारी बनाउन त्रिकोण डेनमार्क तथा आस्क नेपालबाट समन्वय, सहकार्य साथै यस्तै प्रकारको उपयोगी र उत्कृष्ठ सहयोग पाईरहने आशा ब्यक्त गर्नुभयो ।
डेनिस नागरिक क्रिष्टियन क्रुस साथै डेनिस स्वास्थ्यकर्मी ब्रिगिट क्रुस र एनिट वेरवर्गको बिशेस सकृयतामा त्रिकोण डेनमार्कबाट प्राप्त भएका वाल्कर बुट, स्प्रिङ हेन्ड सेट, ब्लड ब्याग, सिरिन्ज, एप्रोन, पञ्जा, अक्सिजन मास्क, कटन, ड्रेसिङ सेट, प्याम्पस, प्याड लगायतका ५५ प्रकारका ९७४ सेट सामाग्रीहरु हस्तान्तरण गरिएको र आगामी दिनमा सहयोगको दायरा बढाउदै लगिने आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्माले बताउनु भयो ।
आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन कार्यक्रम प्रमुख हरीप्रसाद ढकालले गर्नुभएको थियो भने स्वागत कार्यसमिति सदस्य लालु कोईरालाले गर्नुभएको थियो ।
थप जानकारीका लागिः हरीप्रसाद ढकाल
९८५६०५०५०७