स्याङ्जा २६ मंसिर २०७९
हरी प्रसाद ढकाल (कार्यक्रम विकास निर्देशक)
“सहकार्यबाट दिगो विकास, गरिवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभुत अधिकार” भन्ने परिकल्पनाका साथ २५ बर्ष अघि स्याङ्जामा स्थापना भएको आपसी सहयोग केन्द्र स्याङजा नेपालको कर्मचारी परिषद्ले आज एक कार्यक्रम बीच संस्थाका संस्थापक आजीवन सदस्यहरु रुकुमदत्त शर्मा, चिन्तामणी पौडेल, श्यामादेवी शर्मा, शिव प्रसाद सुबेदी र केशवराज शर्मा तथा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित संस्थाका सदस्य आँधीखोला गाउँपालिका उपाध्यक्ष श्री सीता थापा एवं चापाकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्री तारा पोख्रेललाई सम्मान गर्दै आफ्नो २५ औँ बार्षिक उत्सव एवं रजत जयन्तिको सुभारम्भ गरेको छ ।

संस्थाको २५ औँ बार्षिकोत्सव तथा रजत जयन्ती सुभारम्भ समरोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं आँधीखोला गाउँपालिकाका उपाध्यक्ष श्री सीता थापाले संस्थाले समाबेशी नेतृत्व बिकास मार्फत सामाजिक परिवर्तनमा खेलेको भूमिका सबैका लागि अनुसरणयोग्य रहेको र आगामी दिनमा स्याङ्जाका सबै पालिका लगायत नेपालमै स्थानीय सरकारको बलियो स्थानीय विकास साझेदार बन्ने अपेक्षा गर्नुभयो ।

यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले बर्षभरिनै संस्थाका संस्थापक आजीवन सदस्यहरुलाई सम्मान, प्राङ्गारिक कृषि शिक्षाको लागि पुस्तक प्रकाशन, प्राङ्गारिक कृषि गीति भिडियो निर्माण, आस्क नेपालले हालसम्म गरेका गतिबिधीलाई भिडियो डकुमेन्ट्री तयारी र प्रसारण, संस्थाको उपलब्धीहरुको ब्रोसर निर्माण, आँधीको सुसेली पत्रिका प्रकाशन साथै आँधिखोलाको कृषि उपज निर्यातको सुभारम्भ लगायतका कार्यक्रमहरु रहेको र संस्थाको मिसनलाई सफल बनाउन सबैको सहयोग र सहकार्य रहने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा चापाकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तारादेवी पोख्रेल, संस्थाका संस्थापक एवं आजीवन सदस्यहरु चिन्तामणी पौडेल, शिव प्रसाद सुबेदी, केशवराज शर्मा, श्यामादेवी शर्मा लगायतले आआफ्नो अनुभव सहित संस्थाले २५ बर्षमा गरेका गतिबिधिबारे चर्चा गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत संस्थाका कार्यक्रम प्रमुख हरिप्रसाद ढकाल र धन्यवाद् ज्ञापन उपाध्यक्ष कृष्ण प्रसाद मरासिनीले गर्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव लेखनाथ पौडेलले गर्नुभएको थियो ।




