+977 063424692 || +9779856050507 ask_syangja@yahoo.com

स्याङ्जा, चैत्र २१ — स्वइया महिला स्वावलम्बी संस्था, देवदह नगरपालिका वडा नं. ४, सिंगाहा रुपन्देहीको सहभागितामा आयोजित दुई दिने “संस्थागत क्षमता विकास तथा सिकाई आदानप्रदान कार्यशाला (Peer Learning)” कार्यक्रम स्याङ्जामा सफलतापूर्वक सम्पन्न भएको छ।

आस्क नेपाल स्याङ्जाको पुतलीबजार स्थित कार्यालयमा यही चैत्र २० र २१ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा स्वइया महिला स्वावलम्बी संस्थाका ६ जना तथा आस्क नेपालका ४ जना र एभरेष्ट नेटवर्कका १ गरी जम्मा ११ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई एभरेष्ट नेटवर्कले आर्थिक सहयोग प्रदान गरेको थियो भने आस्क नेपालका रुकुमदत्त शर्मा र हरि प्रसाद ढकालले सहजीकरण (Facilitation) गर्नुभएको थियो।

कार्यक्रम अवधिभर सहभागीहरूले आस्क नेपालको फिल्ड अवलोकन साथै संस्थागत विकास, कार्यक्रम व्यवस्थापन, नीति निर्माण तथा क्षमता अभिवृद्धिका विषयमा गहन छलफल, अभ्यास तथा अनुभव आदानप्रदान गरेका थिए। 

कार्यशालाको अन्त्यमा सहभागीहरूले कार्यक्रम व्यवस्थापनमा व्यावहारिक निखार आएको, संस्थागत विकासका लागि स्पष्ट मार्गदर्शन प्राप्त भएको, नीति निर्माणका लागि आवश्यक जनशक्ति विकास भएको तथा आगामी कार्यान्वयनका लागि कार्ययोजना निर्माण गरिएको बताएका छन्।

आयोजकले यस्ता कार्यक्रमहरूले संस्थागत सुदृढीकरण र समुदायस्तरमा दिगो विकास प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको सफलतामा सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी, सहयोगी संस्था तथा सरोकारवालाप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ।