+977 063 420692 info@asknepal.org.np

३० माघ, २०७७

स्याङ्जा

परम्परागत प्राङ्गारीक कृषिलाइ परिस्कृत गर्दै आधुनिक व्यावसायीक कृषिलाइ प्राङ्गारिक उन्मुख बनाउदै नेपाल विशेष गरि स्याङ्जाको कृषि उपजलाई प्राङ्गारीक प्रमाणित गरि बजारीकरण गर्नुपर्छ भनेर लागीरहेको आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल ले सरोकारवाला सहितको ४ दिने अवलोकन भ्रमणको सम्पन्न गरेको छ । अवलोकन भ्रमण २०७७ माघ २६ गते देखी २९ गतेसम्म सञ्चालन भएको थियो । भ्रमण स्याङ्जा बाट सुरु भएर कास्की, काण्ठमाण्डौ, ललितपुर, काभ्रे लगायतका जिल्लामा भएका राष्ट्रिय स्तरका प्राङ्गारिक कृषिको क्षेत्रमा भएको फार्म, रिसर्च सेन्टर, बजारीकरण, रेष्ट्युरेन्ट हरुको अवलोकन, छलफल र अन्तरक्रिया भयो ।

प्रङ्गारीक कृषक उद्धमी मिनु गुरुङ्ग संग भ्रमण टोली

भ्रमणमा भिरकोट नगरपालिकाको प्रमुख छायाराम खनाल, आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा, कार्यकारी निर्देशक हरि प्रसाद ढकाल, भिरकोट नगरपालिका वडा न. ८, आँधीखोला गाउँपलिका को वडा न. ४ र ६ का वडा अध्यक्ष साथै यहाँ कार्यरत सहकारीका प्रतिनिधी र प्राङ्गारिक तरकारीलाइ प्रमाणित गर्न बनेको समिति स्याङ्जा पि जि एस का सदस्यहरुको विशेष उपस्थिति भयो ।

भ्रमणको क्रममा स्याङ्जा जिल्लाको प्राङ्गारीक उपजलाई पि जि एस माध्यमवाट प्रमाणित गरी बजारीकरण गर्ने सम्बन्धमा पनि विशेष छलफल भयो ।

पहिलो दिनमा ब्रिटिस लाहुरेनी भएर पनि विलासिताको जिवन छाडेर कास्कीमा २२ रोपनी जग्गामा प्राङ्गारीक कृषि गरिरहनुभएकी मिनु गुरुङ्को फार्म अवलोकन गर्ने काम भयो । गुरुङ् ले एकिकृत प्राङ्गारीक कृषि गरिरहनुभएको छ । गुरुङ् ले बाख्रापालन, भैसीपालन, कुखुरापालन, च्याउ खेती, मौरीपालन, मिश्रीत तरकारी खेती, कुखुरापालन लगायतका कृषिका फरक फरक कम्पोनेन्टलाई एकिकृत (Integrated) तरिकाले गरिरहनुभएको छ ।

मिनु गुरुङ्गले गड्यौले मल उत्पादनको लागी भुरा गड्यौला हुर्काउदै

दोस्रो दिनमा प्राङ्गारिक क्षेत्रमा गतिलो योगदान दिनुभएका वैज्ञानिक मदन राईसगँ भेटघाट गरी अन्तरक्रिया गर्ने कार्यक्रम भयो । मान्छेको मुत र गुहुँ बाट कसरी प्राङ्गरीक मल बनाएर नै वातावरणको संरक्षण गर्दै मलको आयतलाई पनि घटाउने जिकिर गर्दै राइले उहाँ गरिरहेको अभ्यासको भ्रमण गराउनु भयो । Organic भनेकै Organ शब्द बाट बनेको हो भनेर पनि उहाले शेयर गर्नुभयो ।

नेपालका कृषि बैज्ञानिक मदन राई सङ्ग भ्रमण टोली उहाकै निवासमा

साथै काठमाण्डौमा प्रांगारीक तरकारीलाइ बजारीकरण गरिरहेको हिमगिरि अर्ग्यानिक हवको भ्रमण भयो । यहाँ काठमाण्डौ पि जि एस ले प्रमाणित (Certify) गरेको कृषि उपज सहीत बिभिन्न कम्पनीले उत्पादन गरिरहेको प्राङ्गारीक तथा इको फ्रेन्डली प्रोडक्टहरु समेत बजारीकरणको लागी राखिएको छ ।

himgiri organic hub
हिमगिरि अर्ग्यानिक हवमा छलफल गर्ने क्रममा

तेस्रो दिनमा प्राङ्गारीक कृषिमा अध्यायन, खोजमा आफ्नो समय व्यतित गरिरहनुभएका गोविन्द शर्मा र उहाहरुले सञ्चालन गरिरहनुभएको ह से रा पर्माकल्चर लर्निङ सेन्टर को भ्रमण गर्ने कार्य भयो । साथै स्थानिय बिउ र फलफुल को बारेमा खोज र अनुसन्धानमा लागीरहेको एभ्रिथिङ अर्ग्यानिक फार्म को पनि भ्रमण गर्ने कार्य भयो ।

ह से रा को बारेमा बताउनुहुदै ह से रा सञ्चालक मिठु धिताल

भ्रमण लाभदायक भएको र विभिन्न फार्म हरुको भ्रमणले राम्रो खालको अनुभव दिएको भ्रमणका सहभागीहरुले बताउनुभयो । आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले आँधीखोला गाउँपालिकाभिरकोट नगरपालिकामा प्राङ्गारीक उन्मुख तरकारी बाली आयोजना सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रममा ६०० भन्दा बढी कृषकहरु प्रत्यक्ष सहभागी भइरहेका छन् ।

Everything Organic Farm
ह से रा को भित्तामा देखीएको घतलाग्दो दृश्य